शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

यस साता तोलामा १ हजार ९ सयले घट्यो सुनको मूल्य

यस साता तोलामा १ हजार ९ सयले घट्यो सुनको मूल्य

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला १ हजार ९०० रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा प्रतितोला १ हजार ९०० रुपैयाँले घटेको जनाएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ थियो ।

जुन, यस साताको शुक्रवार वृद्धि भएर १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, तेजाबी सुनको मूल्य बढेर १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ ।

यो साताको सुरुको दिनदेखि नै सुनको मूल्य वृद्धि हुन थालेको थियो । आइतबार तोलामा ७०० रुपैयाँले बढेको थियो । यस्तै, सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार ३०० ले बढेको थियो भने बिहीवार ८०० रुपैयाँले बृद्धि भएको थियो ।

यसैगरी, शुक्रबार प्रतितोला १०० रुपैयाँको बढेको थियो । यस्तै, यो साता चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ बढेको छ । गत साताको शुक्रवार प्रतितोला १३ सय ७५ रुपैयाँ रहेको चाँदी यो साताको शुक्रवार १४ सय ८० रुपैयाँ कायम भएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend