logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बिलविजकभन्दा बढिकाे सामानसहित ३ ट्रक नियन्त्रणमा

    बिलविजकभन्दा बढिकाे सामानसहित ३ ट्रक नियन्त्रणमा

    4K
    Shares
    बिलविजकभन्दा बढिकाे सामानसहित ३ ट्रक नियन्त्रणमा

    पर्सा । पर्सा जिल्लाको बिराटनगर महानगरपालिका–१४ स्थित चण्डाल चोकबाट शुक्रवार सशस्त्र प्रहरीले करीव १ करोड ३६ लाख ९७ हजार रुपैयाँ बराबरको सामान सहित तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।

    विशेष सूचनाको आधारमा खटिएको नम्बर १३ गण पर्साले बिरगंजबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र ०३–१३–००१ ख १९९७, ना. ६ ख ४४४६, ना. ७ ख २३३५ नम्बरको ट्रकमा जाँच गर्दा बिल बिजकमा उल्लेखित मुल्य भन्दा बढि सामान देखिएपछि नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएका ट्रकहरुमा किसमिस, भटमास, पिल्लो, नेटकटन लगायतका सामानहरु रहेका छन् ।

    नियन्त्रणमा लिइएका तीन वटै ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend