logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राजेन्द्र लिङ्देनको आरोप: भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिन्छन्

    राजेन्द्र लिङ्देनको आरोप: भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिन्छन्

    1.6K
    Shares
    राजेन्द्र लिङ्देनको आरोप: भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिन्छन्

    झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिने प्रमाणित भएको बताएका छन् ।

    पार्टीको नवीन राप्रपा कार्ययोजना अभियानमा बिर्तामोडस्थित राप्रपा जिल्ला समिति झापाको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिस्टएकै ठाउँमा उभिएको प्रमाणित भएको दाबी गरे ।

    भ्रष्टाचारका घटना सार्वजनिक हुँदा राप्रपाका मान्छे नमुछिएको बताउँदै उनले ठुलाठुला भ्रष्टाचार काण्डमा कांग्रेस र कम्युनिस्टका नेताहरूको संलग्नता देखिएकाले भ्रष्टाचारी जोगाउने कार्यमा पनि उनीहरू एकैस्थानमा उभिएको आरोप समेत लगाए ।

    कांग्रेस र कम्युनिस्टले चीन र भारतका लागि कम्फर्टेबल सरकारको खोजीमा लागेका तर जनताको कम्फर्टेबल सरकारको खोजी नगरेको दाबी गर्दै उनले कुनै बेला राप्रपाको सदस्य लिएकालाई रातारात पार्टी प्रवेश गराउने कांग्रेस र कम्युनिस्ट पार्टीमा अहिले कोही पनि नगएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend