logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतक परिवारसँग सहमति

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतक परिवारसँग सहमति

    1.7K
    Shares
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतक परिवारसँग सहमति

    दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ बर्षीय बालकको उचारका क्रममा मृत्यु भएको बिषयमा मृतक परिवारजन र अस्पताल प्रशासनबीच सहमति भएको छ ।

    शुक्रबार राति अस्पताल प्रशासनसँगको वार्तामा सहमति भएपछि मृतक बालकको परिवारले आन्दोलन फिर्ता गरेको छ । आज (शनिबार)देखि अस्पतालको आकस्मिकसहित सेवा सुचारु भएका छन् ।

    बिहीबार उचारका लागि प्रतिष्ठानमा लगिएका घोराही उपमहानगरपालिका–३ का ११ बर्षीय बालक आक्रोश नेपालीको उचारका क्रममा मृत्यु भएपछि परिवारका सदस्य र आफन्तले आन्दोलन गर्दै प्रतिष्ठानको सेवा ठप्प पारेका थिए ।

    मृतह परिवार र अस्पताल पक्षबीच बालकको मृत्यु भएको घटनाको छानबिन गर्न घोराही–३ का वडाध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति बनाउने सहमति भएको प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विकास लामिछानेले जानकारी दिए ।

    वार्तामा मृतकको परिवारका सदस्यलाई रोजगारी दिने, परिवारका लागि आर्थिक सहयोग जुटाउने सर्वपक्षीय समिति बनाई सहयोग संकलन गर्ने सहमति समेत भएको छ । मृतकको परिवारलाई राहत दिन स्थानीय सरकार, प्रदेश र संघ सरकारसँग अनुरोध गर्ने समझदारी पनि कायम भएको छ ।

    उपकुलपति डा.लामिछानेका अनुसार मृतक बालकको उपचारमा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्न पनि वार्तामा सहमति भएसँगै मृतक बालकको शब आफन्तले जिम्मा लिन तयार भएका हुन् ।

    छारे रोगको समस्या लिएर अस्पतालमा उपचारका लागि ल्याइएका ११ वर्षीय बालक आक्रोश नेपालीको ज्यान गएपछि मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै बिहीबार र शुक्रबार दिनभर अस्पताल परिसरमा आन्दोलन गरेका थिए ।

    मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि ल्याएका बालकको बिहीबार विहान ज्यान गएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend