logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • सुदूरपश्चिममा बजेट पास गर्न सत्तासाझेदार दलबीच सहमति, निर्वाचन क्षेत्रको बजेट ५ करोड पुर्‍याइने

    सुदूरपश्चिममा बजेट पास गर्न सत्तासाझेदार दलबीच सहमति, निर्वाचन क्षेत्रको बजेट ५ करोड पुर्‍याइने

    2.3K
    Shares
    सुदूरपश्चिममा बजेट पास गर्न सत्तासाझेदार दलबीच सहमति, निर्वाचन क्षेत्रको बजेट ५ करोड पुर्‍याइने

    धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विनियोजन गरिएको रकम ३ करोड बाट बढाएर ५ करोड रुपैयाँ बनाउने सहमति भएको छ ।

    सत्तारुढ गठबन्धनमा रहेका दलबीच शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा गरिएको छलफलमा प्रदेशसभा सदस्यको योजनामा निर्वाचन क्षेत्रमा खर्च गर्ने गरी प्रति निर्वाचन क्षेत्र ५ करोड बजेट राख्ने सहमति भएको हो ।

    श्रोतका अनुसार शनिबार नै यस विषयमा लिखित सहमति गर्ने तयारी रहेको छ । बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले पूर्वाधार क्षेत्रको बजेट बढाउने प्रस्ताव गरेका थिए । जसमा अन्य दलका नेताहरुले पनि सहमति जनाएका गठबन्धनका एक नेताले जानकारी दिए ।

    सुदूरपश्चिममा सत्तारुढ गठबन्धनकै दलहरुले यथास्थितिमा बजेट पास गर्न नसकिने बताउँदै आएका थिए। बजेट मा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकले प्रदेशसभा सदस्यहरुले सिफारिस गरेका योजनाहरु पनि बजेटमा समेट्ने सहमति गरेको छ ।

    सत्ता गठबन्धनको बैठक सकिएपछि नेताहरु आआफ्नो पार्टीको संसदीय दलमा छलफल गर्नका लागि बाहिरिएका छन् । सत्तारुढ गठबन्धनमा सहमति जुटेपछि सकेसम्म आजै र नभए आइतबारे बजेट पारित गर्ने तयारी गरिएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend