logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जयनगर–जनकपुर कुर्था रेल सेवा थप १७ किमी विस्तार , आजदेखि भंगहासम्म गुड्ने

    जयनगर–जनकपुर कुर्था रेल सेवा थप १७ किमी विस्तार , आजदेखि भंगहासम्म गुड्ने

    1.8K
    Shares
    जयनगर–जनकपुर कुर्था रेल सेवा थप १७ किमी विस्तार , आजदेखि भंगहासम्म गुड्ने

    जनकपुर । देशकै एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म सञ्चालनमा आउने भएको छ ।

    नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुने लागेको हो ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला थप १७ किलोमिटर रेल सेवाको उद्घाटन गर्न आज महोत्तरी पुग्दै छन् । उनले आज बिहान साढे १० बजे महोत्तरीको भंगहा स्टेशनमा थप १७ किलोमिटर रेल सेवाको उदघाटन गर्ने कार्यक्रम तय गरिएको महाप्रबन्धक झाले बताए ।

    यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो । थप १७ किलोमिटर भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटर दूरीको यात्रा थपिने भएको छ ।

    भारत सरकारको आर्थिक सहायतामा निर्माण गरिएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते भारतको इरकन कम्पनी लिमिटेडले हस्तान्तरण गरेको थियो ।

    ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि संचालनमा ल्याइएको थियो। सुरुमा पहिलो पटक जनकपुरदेखि जयनगर जाने र आउने सेवा दिँदै आएकोमा गत वर्ष मंसिरदेखि दुवै रेल दिनको दुईपटक आउन र जान सकिने गरी सेवा दिँदै आइरहेको छ ।

    महाप्रबन्धक झाले सोमबारदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने सेवा प्रदान गर्ने तयारी गरिएको जानकारी दिए । तथापि, भंगहा स्टेशनमा भने दिनको एकपटक मात्रै बिहान जाने र साँझ फर्किने सेवा प्रदान गरिने जनकपूरधाम रेल सेवाले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend