logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विक्री गर्नका लागि झापा ल्याइएको १४ सय किलोग्राम कुहिएको माछा नष्ट

    विक्री गर्नका लागि झापा ल्याइएको १४ सय किलोग्राम कुहिएको माछा नष्ट

    3.3K
    Shares
    विक्री गर्नका लागि झापा ल्याइएको १४ सय किलोग्राम कुहिएको माछा नष्ट

    झापा । झापामा बिक्री गर्नका लागि ल्याइएका सडे गलेका माछाहरू नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले पर्सा जिल्लाको रक्सौल नाकामा रहेको पशु क्वारेनटाइन गराएर भन्सार पक्रिया पुरा गरी आवश्यक कागज पत्र सहित ल्याएको अन्दाजी ४ लाख २० हजार मूल्यको १४ सय किलोग्राम माछा सडेगलेको पाइएकाले नियन्त्रणमा लिएर नष्ट गरिएको जानकारी दिए ।

    पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउदैं गरेको मधेस प्रदेश ०३–००१ च ७५१० न.को माछा लोड रहेको पिकअप गाडी आफै अनियन्त्रित भई पल्टिएर माछा, आइस छरपस्ट भएपछि छरपस्ट भएका माछा बटुलेर अर्को गाडीमा हालेर ल्याएको पाइएको रिजालले बताए ।

    छरपस्ट भएको उक्त माछा पुनः ना ४ च ९९६२ नम्बरको गाडीमा लोड गरी ल्याउँदै गरेको अवस्थामा प्रहरी पोस्ट माईधारबाट खटिएको प्रहरी टोलीले रोकेर खानतलासी गर्दा कार्प जातको माछा सडे गलेको देखेपछि नियन्त्रणमा लिएको समेत उनले बताएका छन् ।

    उक्त माछा बोकेको गाडी नियन्त्रकमा लिई पशु क्वारेनटाइन कार्यालय गौरीगञ्जलाई जानकारी गराएर तत्कालै प्राविधिक बोलाइ जाँच गर्दा खान अयोग्य भनेपछि अयोग्य रहेका सबै माछा नष्ट गरिएको रिजालले जानकारी दिएका छन्। माछा कुहिएर गन्हाउन थालिसकेको थियो ।

    प्राविधिक टोलीले चेकजाँच गर्दा उक्त माछा मानव स्वास्थ्यमा असर पर्ने, खान अयोग्य रहेको जानकारी गराएपछि जनप्रतिनिधि र स्थानीयको रोहबरमा इलाका प्रहरी कार्यालय झिलझिले परिसरभित्र खाल्डो खनेर माछा पुरिएको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend