logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

    सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

    1.6K
    Shares
    सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेट प्रदेश सभाबाट बहुमतले पास गरिएको छ ।

    हिजो (शनिवार) राती १० बजे बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको हो।

    सुदूरपश्चिम सरकारले प्रतिपक्ष दल सहभागी नभएरै बजेट पास गराउदा नैतिक प्रश्न उठ्ने भन्दै राती साढे ९ बजेसम्म विपक्षी दललाई बैठकमा उपस्थित गराउन धेरै चोटी छलफल गरेको थियो ।

    तर, प्रतिपक्ष दल नेकपा एमाले र स्वतन्त्र सासंद ताराप्रसाद जोशी समेत बैठकमा उपस्थित भएनन् । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी सासंद खेमा देवी विष्टको सहभागितामा प्रदेश सरकारले बजेट पास गरेको हो ।

    शुक्रवारसम्म बजेट संसोधन गर्नुपर्ने माग गरेकी प्रतिपक्ष दल राप्रपाकी सासंद विष्टले भने संसोधन नगरे कुनैपनि हालतमा बजेट पारित गर्न नदिने अडान लिएपनि उनकै सहभागितामा प्रदेश सरकारले शनिवार राती बजेट पारित गरेको हो।

    विष्टलाई सार्वजनिक लेखा समिति सभापति बनाउने गरेर बैठकमा उपस्थित गराइएको छ। गत असार १ गते आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बराबरको राजस्व र व्ययको अनुमान सभासमक्ष प्रस्तुत गरेका थिए।

    चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख २ हजार अर्थात् ३२.७९ प्रतिशत र पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अर्थात् ५८.१६ प्रतिशत बजेट विनियोजन गरिएको छ।

    सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट ल्याएको थियो।

    यसअघि बजेटलाई लिएर सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले पनि असन्तुष्टि जनाएका थिए।

    आफूहरूले प्रस्ताव गरेका योजना बजेटमा नपरेको भन्दै सत्तारूढ दलकै सांसदहरू सरकारसँग असन्तुष्ट थिए। सरकारले पेस गरेको बजेट संशोधन नभए पास नगर्ने सत्तारूढ तीन दलका सांसदहरूको अडान लिएका थिए।

    तर, लगातार छलफल भएपछि सत्तापक्षका सासंदहरुले बजेटमा सहमत भएका छन् । कमिशनको खेल उनीहरूले सहमति जनाएका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आरोप लगाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend