logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • केपी ओलीको अनुरोध: ‘मेरो युट्युब च्यानल सब्सक्राईव गर्नुस् न है !’

    केपी ओलीको अनुरोध: ‘मेरो युट्युब च्यानल सब्सक्राईव गर्नुस् न है !’

    3.2K
    Shares
    केपी ओलीको अनुरोध: ‘मेरो युट्युब च्यानल सब्सक्राईव गर्नुस् न है !’

    काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न अनुरोध गरेका छन् ।

    आज (आइतबार) बिहान फेसबुकमा आफू ५ हजार फिट माथिबाट उढिरहेको हेलिकप्टरबाट झरेर पनि बाँचेको बताउँदै आफ्नो च्यानलमा आफ्नो जिवनका थुप्रै अनुभवका कुरा राखेको उल्लेख गरेका छन् ।

    ‘पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन । झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ । आश्चर्य लाग्यो । म घाइते थिएँ तर जिउँदो थिएँ । मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो । सफलताको अनुभूति गरेँ । बाँच्नु आफैँमा एउटा सफलता हो । मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो । यो मेरो २०५२ सालमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव हो ।’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

    ‘मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरू मेरो युट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु ।आगामी दिनमा पनि म आफ्ना यस्तै अनुभवहरू बाँड्दै जानेछु । च्यानल सब्सक्राईव गर्नुहोस् न है ।’ उनले उल्लेख गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend