logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • जयनगर–कुर्था खण्ड महोत्तरीको बिजलपुरासम्म गुड्ने

    नेपालमा थप १७ किलोमिटर रेल सेवा विस्तार, आजबाट सञ्चालनमा

    नेपालमा थप १७ किलोमिटर रेल सेवा विस्तार, आजबाट सञ्चालनमा

    2K
    Shares
    नेपालमा थप १७ किलोमिटर रेल सेवा विस्तार, आजबाट सञ्चालनमा

    जनकपुर । नेपालमा रेल सेवा थप १७ किलोमिटर विस्तार गरिएको छ । अबदेखि भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म चल्दै आएको रेल अब महोत्तरीको भङ्गाहा बिजलपुरासम्म चल्नेछ।

    आइतबार जयनगर–कुर्था–भंगहा (बिजलपुरा) रेल्वे सेवा आज (आइतबार) देखि विधिवत् रुपमा उद्घाटन गरिएको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सेवा विस्तारको आइतबार उद्घाटन गरे ।

    जयनगर–जनकपुरधाम–कुर्थासम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालनमा हुँदै आएको रेल सेवा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटर लामो दूरीमा सञ्चालन हुने छ।

    दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरासम्म विस्तार गरिएको रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। तर जग्गाको मुआब्जा विवादको कारण तेस्रो चरणको बिजलपुराबाट बर्दिबाससम्मको रेलवे पूर्वाधार निर्माण भने बाधा पुगेको छ ।

    विस्तारित रेल सेवाको आइतबार उद्घाटन गर्दै मन्त्री ज्वालाले रेल सेवा विस्तारले नेपाल–भारतबीचमा थप सुमधुर सम्बन्ध बन्दै गएको बताए । रेल सेवा विस्तारले दुवै तर्फका जनताले प्रत्यक्ष लाभ लिने मन्त्री ज्वालाको विश्वास छ ।

    रेलवे कम्पनीका महाप्रबन्धक झाका अनुसार अब बिजलपुराबाट हरेक दिन बिहाने ७ः३० बजे रेल छुट्नेछ। बिजलपुराबाट छुटेको रेल कुर्था र जनकपुर हुँदै जयनगरसम्म पुग्नेछ। जयनगरदेखि जनकपुर–कुर्था–बिजलपुरा रुटमा दैनिक ६ पटक रेल गुड्ने झाले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend