logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • आन्दोलनरत सहकारीकर्मीहरुको माग पूरा गर्नुपर्छ: सांसद शर्मा

    आन्दोलनरत सहकारीकर्मीहरुको माग पूरा गर्नुपर्छ: सांसद शर्मा

    1.3K
    Shares
    आन्दोलनरत सहकारीकर्मीहरुको माग पूरा गर्नुपर्छ: सांसद शर्मा

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले आन्दोलनरत सहकारीकर्मीहरुको माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् ।

    आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री शर्माले सहकारीकर्मीहरु आन्दोलनरत भएको भन्दै उनीहरुको माग सम्बोधन गर्न सरकार समक्ष माग राखेका हुन् ।

    उनले केही सहकारीका कारण देशभरका सयौँ सहकारीहरु आलोचित भइरहेको भन्दै सहकारीको नियमन गर्नुपर्ने बताए । उनले श्रमिकको न्यूनतम ज्याला अभिवृद्धि गर्ने तर्फपनि सरकारको ध्यानाकर्षण गराए ।

    उनले भने, ‘सहकारीकर्मीहरु आन्दोलनमा छन् । र केही सहकारीको कमजोरीको कारण देशका सयौँ सहकारीहरु आलोचित पनि भएका छन् । सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने, सहकारीकर्मीहरु सँग सम्वाद गरेर, माग पूरा गरेर सम्बोधन गर्न म आग्रह गर्दछु । हरेक दुई वर्षमा नेपाली श्रमिकहरुको न्युनतम ज्याला तोकिने व्यवस्था छ । भोली साउन १ गतेदेखि तोकिनुपर्नेमा १५ हजार न्युनतम ज्यालालाई अभिवृद्धि गर्ने सन्दर्भमा सरकार, रोजगारदाता र श्रमिकहरुको प्रतिनिधिको बिचमा सम्वाद गरेर टुंगो पु¥याउनुपर्नेमा सरकारले टुंगो गरेको छैन ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend