logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • काठमाडौंको फोहोर विसर्जनमा बञ्चरेडाँडाका वासिन्दाको फेरि अवरोध

    काठमाडौंको फोहोर विसर्जनमा बञ्चरेडाँडाका वासिन्दाको फेरि अवरोध

    2.2K
    Shares
    काठमाडौंको फोहोर विसर्जनमा बञ्चरेडाँडाका वासिन्दाको फेरि अवरोध

    काठमाडौं । नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका स्थानीयबासीले काठमाडौंको फोहोर व्यवस्थापनमा रोक लगाएका छन् ।

    यसभन्दा पहिले सरकार र काठमाडौं महानगरसँग भएका समझदारी र सहमति एक वर्ष बित्दासमेत कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जन गर्न रोकेका हुन् ।

    आज बिहान फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा गइरहेका गाडीहरु स्थानीयको विरोधका कारण बन्चरेडाँडा र सिसडोलको बिचमा रोकिन पुगेका छन् ।

    काठमाडौं महानगरपालिकाका ल्याण्डफिल्ड साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले फोहोर बोकेका करिब ५० वटा गाडी रोकेको जानकारी दिए ।

    स्थानीयले सहमतिका नाममा आफूहरुलाई पटक–पटक झुक्याउने काम मात्रै गरिएको आरोप लगाएका छन्।

    सरकारले यसअघि गल्ने र नगल्ने फोहोर छुट्याएर गल्ने फोहोर मात्र विसर्जन गर्नेलगायतका सहमति ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका स्थानीयसँग गरेका थिए । तर वर्गीकरणविना अहिले महानगरले फोहोर संकलन गर्दै आईरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend