शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आज सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । आजको मूल्य सूची तय गर्दै हिजो आइतबारको मूल्य सुन र चाँदीकै मूल्यमा कुनै घट्बढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो । आज सोमबार पनि सोही मूल्यमा सुनको किनबेच भइरहेको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर रहेको छ । हिजो आइतबार पनि गत साताको शुक्रबारको तुलनामा चाँदीको मूल्य स्थिर नै थियो। यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend