logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री साउदको भेटवार्ता

    भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री साउदको भेटवार्ता

    1K
    Shares
    भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री साउदको भेटवार्ता

    काठमाडौं । नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी एस जयशंकरबीच थाइल्यान्डको बैंककमा सोमबार दिपक्षीय भेटवार्ता भएको छ ।

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा दुई समकक्षीबीच भेटवार्ता भएको हो ।

    बैंककमा बिम्स्टेकका विदेशमन्त्रीहरूको दुईदिने बैठकका क्रममा भएको ‘साइडलाइन’ वार्ता उपलब्धिमूलक भएको दुवै पक्षले बताएका छन् ।

    भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली समकक्षीसँगको वार्तालाई ‘फलदायी’ जनाएका छन् ।

    जयशंकरले भनेका छन् –‘नेपालका विदेशमन्त्री नारायणप्रकाश (एनपी) साउदसँग राम्रो भेटवार्ता भएको छ । हाम्रो नेतृत्वद्वारा निर्धारित सहयोगका एजेन्डा लागु गर्न मिलेर काम गर्ने कुरामा हामीले सहमति जनाएका छौँ ।,’

    भेटवार्तापछि उनले नेपालसँग आपसी हितका विषयमा निरन्तर संवादमार्फत समझदारी गरेर अघि बढ्ने तयारी गर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend