काठमाडौं । श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत भारत ‘ए’ सामू जितका लागि नेपालले १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ३९.२ ओभरमा सबै विकेटको क्षतिमा १६७ रनको योगफल बनाएको हो ।
यसअघि पहिलो खेलमा पनि पाकिस्तान ‘ए’ विरुद्ध नेपालले टस जितेर ब्याटिङ चुनेको थियो । उक्त खेलमा नेपाल ४ विकेटले पराजय भोगेको थियो । भारतले भने पहिलो खेलमा यूएईलाई ८ विकेटले पराजित गरेको थियो ।