logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • फेसबुकमा थपियो नयाँ फिचरः अब भिडियो अपलोड र एडिट गर्न झनै सजिलो हुने

    फेसबुकमा थपियो नयाँ फिचरः अब भिडियो अपलोड र एडिट गर्न झनै सजिलो हुने

    2.3K
    Shares
    फेसबुकमा थपियो नयाँ फिचरः अब भिडियो अपलोड र एडिट गर्न झनै सजिलो हुने

    एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्ताहरुको सुविधाका लागि आफ्नो भिडियो फिचरमा नयाँ सुविधाहरु थप गरेको छ । जसअनुसार फेसबुकमा एक नयाँ भिडियो ट्याब थप गरिएको हो। उक्त ट्याबको मद्दतले भिडियोलाई अपलोड गर्न तथा एडिट गर्न अहिलेभन्दा निकै सहज हुनेछ ।

    साथै कम्पनीले रिफाइन्ड एडिटिङ टुल्स एचडीआरमा भिडियो अपलोड गर्ने क्षमतासहित पुरानो वाच ट्याबको स्थानमा भिडियो ट्याब जस्ता विभिन्न सुविधाहरु समेत सामेल गरेको छ ।

    नयाँ एडिटिङ टुलको मद्दतले प्रयोगकर्ताहरुले आफ्नो भिडियोमा म्यूजिक, फिल्टर तथा अन्य इफेक्टहरु सजिलैसँग प्रयोग गर्न सक्नेछन् । प्रयोगकर्ताले आफ्ना भिडियोलाई ट्रिम गर्नुका साथै शीर्षक र क्याप्सन पनि राख्न सक्नेछन् । साथै प्रयोगकर्ताहरुले एचडीआरमा भिडियो अपलोड गर्न सक्नेछन् जसको मद्दतले उत्कृष्ट रङ तथा क्वालिटीयुक्त भिडियो अपलोड गर्न सकिनेछ ।

    थप भएको नयाँ भिडियो ट्याबले प्रयोगकर्तालाई फेसबुकमा भिडियो खोज्न तथा हेर्नका लागि समेत सहज बनाउँने छ । पुरानो वाच ट्याबलाई प्रतिस्थापन गरेको भिडियो ट्याब छिटै नै शर्टकट बारमा देखिनेछ ।

    मेटाले यसलाई फेसबुकमा रिल्स, लामो भिडियो तथा लाइभ सामग्री सहित सबै भिडियोका लागि वनस्टप शपको रुपमा अगाडि बढाएको छ। भिडियो ट्याब फेसबुकको एन्ड्रोइड एपमा माथिपट्टि र आईओएस एपमा तलपट्टि हुनेछ ।

    मेटाले लगातार आफ्नो फेसबुक तथा इन्स्टाग्राम प्लाटफर्ममा रिल्स तथा भिडियो सामग्रीको लम्बाइ बढाउने काम गरिरहेको स्मरण गराएको छ । गत मार्च महिनामा फेसबुकका लागि रिल्सको सीमा ६० सेकेण्डबाट बढाएर ९० सेकेण्ड पुगाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend