logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • कुशल भुर्तेलले सर्वाधिक ६, मौसम ढकालले दुई, कुशल मल्ल र पवन सर्राफले समान एक/एक विकेट लिएका छन् ।

    यूएईले नेपाललाई दियो १५८ को सहज लक्ष्य

    यूएईले नेपाललाई दियो १५८ को सहज लक्ष्य

    777
    Shares
    यूएईले नेपाललाई दियो १५८ को सहज लक्ष्य

    काठमाडौं । एसीसी इमर्जिङ टीम्स कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा यूएई ‘ए’ ले नेपाल सामु जितका लागि १५८ रनको सामान्य लक्ष्य दिएको छ ।

    श्रीलंकामा जारी खेलमा बुधबार टस जितेर ब्याटिङ रोजेको यूएई ‘ए’ ले ४४ ओभरमा १५७ रनको योगफल बनाएको हो। यूएई ‘ए’ का लागि लवप्रित सिंहले अर्धशतक प्रहार गरे। उनले ८२ बलमा ६ चौका र एक छक्का प्रहार गरे।

    त्यस्तै, इथान डिसुजाले १८, अश्वन्त भलथापाले १६, आर्यन्श शर्माले १४ र जस गिनानीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन् ।

    नेपालका लागि कुशल भुर्तेलले ६, मौसम ढकालले दुई, कुशल मल्ल र पवन सर्राफले एक /एक विकेट लिए। केही बेरमा नेपाल जवाफी ब्याटिङमा उत्रिने छ ।

    इमर्जिङ टीम्स कपमा नेपाल र यूएई प्रतियोगिताबाट बाहिरिइसकेका छन्। नेपाल रहेको समूह ‘बी’ बाट भारत ‘ए’ र पाकिस्तान ‘ए’ सेमिफाइनलमा पुगेका छन्।

    त्यस्तै, समूह ‘ए’ बाट श्रीलंका ‘ए’ र बाङ्लादेश ‘ए’ सेमिफाइनलमा पुगेका छन्। अफगानिस्तान ‘ए’ र ओमन ‘ए’ प्रतियोगिताबाट बाहिरिएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend