logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राप्रपाले भन्यो- सेनाको संख्या कटौतीको बहस रहस्यमय

    राप्रपाले भन्यो- सेनाको संख्या कटौतीको बहस रहस्यमय

    1.4K
    Shares
    राप्रपाले भन्यो- सेनाको संख्या कटौतीको बहस रहस्यमय

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सेनाको संख्या कटौतीको बहस चलाउनुलाई बेमौसमी बाजाको संज्ञा दिएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार जारी गरेको विज्ञप्तिमा कुनै पनि देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने उल्लेख गरिएको छ ।

    योजनाबद्ध ढंगबाट स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनु पर्ने र सेनाविहीन राज्यको परिकल्पना जस्ता विषयहरू श्रृंखलावद्ध रूपमा बहस चलाउनु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको लिङ्देनको विज्ञप्तिमा भनिएको छ ।

    ‘राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान छन् र यसबारे राप्रपा बहस गर्न तयार छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रीत गरिनु हुँदैन ।’

    सेनाको संख्या कटौतीको बहसलाई अन्त्य गरी बलियो, अनुशासित र गौरवशाली संस्थाको रुपमा नेपाली सेनालाई अक्षुण्ण राख्न राप्रपाले अपिल गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend