आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

अनुशासन विपरित कार्य गरेको भन्दै शिवचन्द्र कुशवाहासहित ५ जनालाई जनमतले गर्‍यो कारबाही

अनुशासन विपरित कार्य गरेको भन्दै शिवचन्द्र कुशवाहासहित ५ जनालाई जनमतले गर्‍यो कारबाही

काठमाडौं । सीके रावत नेतृत्वको जनमत पार्टीले सांसदमा उम्मेदवार शिवचन्द्र कुशवाहासहित ५ जनालाई निलम्बित गरेको छ ।

कुशवाहा गत उपनिर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग हारेका थिए ।

बुधबार बसेको पार्टी अनुशासन समितिले शिव चन्द्र कुशवाहा (बारा), गुलाब मण्डल (सप्तरी), शंकर खड्का (सप्तरी), भोपेन्द्र यादव (रूपन्देही), भगवान दास यादव (कपिलवस्तु)लाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो ।

पार्टी उपाध्यक्ष तथा अनुशासन समितिका प्रमुख दीपककुमार साहका अनुसार केन्द्रीय सचिव रहेका भोपेन्द्र यादवलाई तीन महिनाका लागि निलम्बन गरेको छ । गुलाब मण्डल, शंकर खड्का र भगवान दास यादवलाई एक वर्षका लागि निलम्बन गरिएको जनमत पार्टीले विज्ञप्तिमार्फत् जनाएको छ ।

त्यस्तै, पार्टीको सचिवको जिम्मेवारीमा रहेका भोपेन्द्र यादवले रूपन्देहीको जिल्ला प्रशिक्षण भाँड्न लागेको बताइएको छ। गत असार २१ गते त्यहाँ प्रशिक्षण राखिएको थियो। भोपेन्द्रले जिल्लाका कार्यकर्तालाई सहभागी नहुने भनेकाले अनुशासन समितिले कारबाही गरेको जनाइएको छ ।

यता सप्तरीका गुलाब मण्डलले कंकालिनी मन्दिर व्यवस्थापन समितिको चुनावमा पार्टीविरूद्ध उम्मेदवारी दिएका थिए। त्यहाँ पार्टीले सेट नै जितेको तर मण्डलले उम्मेदवारी फिर्ता नलिएकाले एक वर्ष पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको बताइएको छ।

शंकर खड्काले पनि पार्टीविरूद्ध व्यवस्थापन समितिको चुनावमा बागी उम्मेदवारी दिएकाले कारबाही गर्नुपरेको जनमतले विज्ञप्तिमार्फत् भनेको छ ।

‘यो कारबाहीपश्चात् सुधार देखाउने वा नदेखाउने व्यवहारअनुसार कारबाही फुकुवा वा थप कारबाही हुने छ,’ जनमतले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend