logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु, पहिलो दिन दुई खेल हुँदै

    फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु, पहिलो दिन दुई खेल हुँदै

    2.2K
    Shares
    फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु, पहिलो दिन दुई खेल हुँदै

    काठमाडौं । अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।

    अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको यस विश्वककमा हालसम्मकै सबैभन्दा धेरै ३२ राष्ट्र सहभागी हुँदैछ । महिला विश्वकपको यो नवौँ संस्करण हो ।

    पहिलो पटक ३२ टिम सहभागी बनेको यस विश्वकप पहिलो पटक दुई देशले आयोजना गर्दैछन् । साविक विजेता समेत रहेको अमेरिका प्रतियोगिताको उपाधि दाबेदारको रुपमा छ र लगातार तीन पटक उपाधि जित्दै उपाधि संख्या ५ पुर्‍याउने रणनीतिमा छ ।

    अमेरिकाले सर्वाधिक चार पटक, जर्मनीले दुई तथा नर्वे र जापानले समान एक पटक उपाधि चुमेका छन् ।

    पछिल्लो पटक २०११ मा एसियन राष्ट्र जापान च्याम्पियन बनेको थियो त्यसपछि २०१५ र २०२१ मा अमेरिकाले विश्वकप उपाधि हात पारेको थियो । पहिलो दिन महिला विश्वकपको दुई खेल हुँदैछन् ।

    जसमा समुअ ए मा रहेको न्युजिल्याण्ड र नर्वेबीच उद्घाटन खेल हुनेछ । यस खेल अकल्याण्डस्थित एडेन पार्कमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।

    यस्तै, अर्को खेल समूह बी मा आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल सिड्नीस्थति स्टेडियम अस्ट्रेलियामा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend