logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • एघारौं महाधिवेशनमा १० लाख पार्टी सदस्य पुर्‍याउने संकल्प लिएको छ: एमाले

    एघारौं महाधिवेशनमा १० लाख पार्टी सदस्य पुर्‍याउने संकल्प लिएको छ: एमाले

    1.4K
    Shares
    एघारौं महाधिवेशनमा १० लाख पार्टी सदस्य पुर्‍याउने संकल्प लिएको छ: एमाले

    काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनसम्म दश लाख गुणस्तरीय सदस्यता पुगाउने संकल्पमा पार्टी लागिरहेको बताएको छ ।

    संगठन विभागका प्रमुख काशीनाथ अधिकारीद्वारा जारी प्रेस वक्तव्यमार्फत अर्को महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्पमा एमाले रहेको उल्लेख गरिएको छ ।

    बक्तव्यमा अधिकारीले पार्टी सदस्यता घटेको नभएर बिगतको त्रुटि सच्याउने कार्य गरिएको पनि उल्लेख गरिएको छ । ‘दशौं महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउन खोजिएको छ । त्यतिबेला कायम भएका सदस्यहरुमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यहरुको नाम यथावत् थियो भने अर्कोतिर नेकपा कालमा अनुचित ढंगले दिइएका सदस्यहरुको ठूलो संख्या पनि त्यसमा पर्न गयो’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    दशौं महाधिवेशनमा एमालेले पार्टी सदस्य ८ लाख पुगेको बताएको थियो। तर सो संख्या वास्तविक नरहेको एमालेले प्रष्ट्याएको छ । पार्टी सदस्यता नवीकरण कम हुनुमा यसपटक लिइएको नयाँ नीतिले पनि काम गरेको बक्तव्यमा भनिएको छ ।

    ‘यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरुको सदस्यता नवीकरण गरिन्थ्यो । त्यसो गर्दा निस्कृय सदस्यहरुले पनि नवीकरण गर्ने अवसर पाउँथे’ बक्तव्यमा लेखिएको छ, ‘नेतृत्वका आकांक्षीहरुबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरुको शुल्क तिरिने, दबाव दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरुका कारण अनुचित ढंगले पनि संख्या बढ्न पुग्यो ।’ तर यसपटक योग्य सदस्यहरुको मात्रै नवीकरण भएको अधिकारीद्वारा जारी वक्तव्यमार्फत प्रष्टोक्ति एमालेले दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend