काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा) ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत रहेको छ ।
फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५ औंँ स्थानमा कायम रहेको छ ।
दक्षिण एसियाली राष्ट्रमा भने नयाँ वरियताअनुसार नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९ औंँ स्थानमा छ भने माल्दिभ्स १५५ औँ स्थानमा छ । नेपालपछि भुटान १८५ औँ, बङ्गलादेश १८९ औंँ, पाकिस्तान २०१ औंँ, र श्रीलङ्का २०४ औँ स्थानमा रहेका छन् ।
विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्सले ओगटेको छ । यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौँथो तथा बेल्जियम पाँचौं स्थानमा अटाएका छन् ।
यसैगरी क्रोसिया छैटौँ, नेदरल्याण्ड्स सातौँ, इटाली आठौँ, पोर्चुगल नवौं तथा स्पेन दशौँ स्थानमा रहेका छन् ।