शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै, पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै, पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै छ । एक सातादेखि जारी बैठकमा आज पनि छलफल हुने बताइएको छ ।

बैठक बिहान ११ बजे कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा बस्ने तय गरिएको छ। यसअघि बिहीबार पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासाहरुको जवाफ दिएका थिए ।

आजको बैठकले महाधिवेशन, पार्टीको आगामी कार्यदिशा, केही रिक्त पदको पूर्ति र जिम्मेवारी हेरफेरलगायतका सवालमा निर्णय लिने बताइएको छ । एकीकृत समाजवादीमा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज पद रिक्त रहेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend