logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बल प्रयोग गरेर बञ्चरेडाँडामा फोहोर विसर्जन

    बल प्रयोग गरेर बञ्चरेडाँडामा फोहोर विसर्जन

    2.2K
    Shares
    बल प्रयोग गरेर बञ्चरेडाँडामा फोहोर विसर्जन

    काठमाडौं । प्रहरीको स्कर्टिङबाट काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा लगेर विसर्जन गर्न थालिएको छ ।

    काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका झण्डै १ सय २० वटा गाडी शुक्रबार प्रहरीको स्कर्टिङ बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका हुन्।

    फोहोर बोकेर गएका गाडीलाई स्थानीयले सिसडोलमा अवरोध गर्न खोजेपनि प्रहरीले बल प्रयोग गरेर भीड हटाएको थियो।

    ‘स्थानीयको भीडलाई प्रहरीले हटाएपछि रोकिएका गाडीहरु बञ्चरेडाँडा पुगेका छन्,’ फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेले जानकारी दिए । उनका अनुसार अहिले करिब १२० वटा फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा पुगेका छन् ।

    नुवाकोटको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले स्थानीयको विरोधका बाबजुद पनि प्रहरीले बल प्रयोग गरेर फोहोर लगेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend