logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रवि लामिछानेको टिप्पणी: सेटिङबिना विमानस्थलबाट सुन तस्करी सम्भव छैन

    रवि लामिछानेको टिप्पणी: सेटिङबिना विमानस्थलबाट सुन तस्करी सम्भव छैन

    2.4K
    Shares
    रवि लामिछानेको टिप्पणी: सेटिङबिना विमानस्थलबाट सुन तस्करी सम्भव छैन

    विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त्रिभुवन विमानस्थलबाट सेटिङबिना सुन तस्करी हुन नसक्ने दाबी गरेका छन्।

    शनिबार बिहान विराटनगरमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले सेटिङ नभएसम्म विमानस्थलबाट सुन तस्करी सम्भव नरहेको उल्लेख गर्दै उनले भने,‘बिना सेटिङ, मिलेमतो नभएर सम्भव छैन। तर कुन लेबलको, कुन ढंगको हो, कसको, भन्ने कुरा अनुसन्धान विषय छ होला। लामो समयदेखि सुन तस्करीहरु जालो ठूलो छ भनिरहेका छन्। आम सर्वसाधारणको सानो एउटा मोबाइल पनि छिर्दैन। यो तस्करी सेटिङमा भएको हो।’

    लामिछानेले सुन बरामद प्रकरणमा अनुसन्धान जारी भएकोले थप टिप्पणी नगर्ने उनले बताए । विमानस्थलबाट भन्सार पास भएपछि सुन बरामद गरिएको राष्ट्रिय युवा संघ र कांग्रेस सांसदले गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करलाई साथ दिएको आरोपमा राजीनामा मागेको सन्दर्भमा लामिछानेले अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित नभएको बताए ।

    उनले अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले वास्तविकता नबुझि राजीनामा नमाग्ने उनको भनाई छ ।

    लामिछानेले वास्तविकता थाहा पाएसकेपछि मात्रै सडक र सदनमा कुरा गर्ने बताए। ‘भर्खरै यो विषय आएको छ। हेर्दैछौं। केहि समय पर्खनुपर्छ, हेर्नुपर्छ, केही समय धैर्य गर्नुपर्छ। सरकारलाई अनुसन्धान गर्न समय दिनुपर्छ। प्रतिक्रियाको दौडमा रास्वपा छैन।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend