logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर रास्वपाका कुनै पनि सांसदले कहीँ बोलेका छैनन्: सभापति लामिछाने

    सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर रास्वपाका कुनै पनि सांसदले कहीँ बोलेका छैनन्: सभापति लामिछाने

    2.6K
    Shares
    सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर रास्वपाका कुनै पनि सांसदले कहीँ बोलेका छैनन्: सभापति लामिछाने

    विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताएका छन् ।

    विराटनगर–११  पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको सङ्ख्या घटाउनु पर्छ भनेर संसद तथा पार्टीका अन्य कार्यक्रममा  पार्टीको  सांसद तथा नेताले समेत बोलेका छैनन् भने ।

    उनले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट छ भने। सभापति लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमति जरुरी रहेको बताए।

    उनले  आफ्नो पार्टी आम समर्थक पार्टी भएको स्पष्ट पार्दै आगामी मङ्सिरदेखि पार्टीको अधिवेशन कार्य सुरु हुने जानकारी दिए ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend