logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • रामनारायण बिडारीको प्रश्नः ‘एमाले भ्रष्टाचारीको मतियार हो कि सेवक ?’

    रामनारायण बिडारीको प्रश्नः ‘एमाले भ्रष्टाचारीको मतियार हो कि सेवक ?’

    1.2K
    Shares
    रामनारायण बिडारीको प्रश्नः ‘एमाले भ्रष्टाचारीको मतियार हो कि सेवक ?’

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले अवैध सुन बरामद गरिएपछि एमाले आत्तिएको टिप्पणी गरेका छन् । एमालेले आत्तिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको उनले आरोप लगाएका छन् ।

    एमालेले मिटरव्याजी समस्या समाधानका लागि विधेयक ल्याउँदै गर्दा संसद् अवरुद्ध गरेको, नेपाली नागरिकलाई भुटानी शरनार्थी बनाउने प्रकरणमा संलग्नलाई पक्राउ गर्दा प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको आरोप छ ।

    सबै घटनामा एमालेको संलग्नता र व्यवहार हेर्दा भ्रष्टाचारीको मतियार हो कि सेवक हो भन्ने छुट्याउन गाह्रो भएको उनले टिप्पणी गरेका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘जब सरकारले अवैध सुन समात्छ तब एमाले आत्तिएर गृहमन्त्रीको राजीनामा माग्छ । जब मीटरव्याजी तह लगाउन विधेयक पारित गर्ने दिन आउछ तब संसद चल्न दिदैन । जब नेपालीलाई भुटानी बनाउने गिरोहलाई सरकारले समात्छ, तब प्रमको राजीनामा माग्छ । जब सरकारी जग्गा नीजि बनाउनेलाइ सरकारले जेल हाल्छ, तब एमाले यो सरकार ढाल्नै पर्छ भन्छ । जब पिडितलाई राहत दिन विधेयक प्रमाणीकरण गर्ने बेला आउछ तब खोचे थापेर काम रोकी ढिलो गर्नको लागि वकिल खोज्न हिड्छ । यो भ्रष्टाचारीको मतियार हो की सेवक हो ? थाहा चाहियो ।,’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend