logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • बालेनको कविता: भन्नलाई संसारकै सजिलो, हुनलाई एक्दमै गाह्रो

    बालेनको कविता: भन्नलाई संसारकै सजिलो, हुनलाई एक्दमै गाह्रो

    3.1K
    Shares
    बालेनको कविता: भन्नलाई संसारकै सजिलो, हुनलाई एक्दमै गाह्रो

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कामका कारण जति चर्चामा छन् त्यो भन्दा कम छैनन् सामाजिक सञ्जालमा राख्ने पोष्टले त्यो भन्दा बढी चर्चापरिचर्चामा आइरहन्छन् नै ।

    कहिले राजनीतिक दलहरूलाई आक्षेप लागाउँछन्। कहिले न्यायालयलाई । आफूविरुद्ध आएका हरेक खाले टिकाटिप्पणी र प्रतिक्रियामाथि जवाफ उनले सामाजिक सञ्जालबाट नदिई छाड्दैनन् ।

    यद्यपि, उनले शनिबार भने कविता लेखेका छन्-

    भन्नलाई संसारकै सजिलो ,
    हुनलाई एक्दमै गाह्रो ,
    देखाउन एक्दमै सजिलो ,
    देखिन साह्रैनै गाह्रो ,
    सबै धर्म भन्दा ठुलो, सबै जात भन्दा माथी ,
    सबै कर्म भन्दा ठुलो , हरेक आँट भन्दा माथी ,
    मृत्यु हरेक दिन, धान्न सबल छौ के त ?
    एउटै मात्र छ प्रश्न ,असल छौ के त ?

    कविता सामाजिक सञ्जालमार्फत धरानका मेयर हर्क साम्पाङकाे धर्म विवादमा चर्किरहेकै बेला आएको धर्मसम्बन्धी भाव बाेकेकाे बालेकाे कविता  पुनःचर्चाको विषय बन्ने देखिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend