logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • साथी भेट्न गएका विराटनगरका एक युवकको मृत्यु

    साथी भेट्न गएका विराटनगरका एक युवकको मृत्यु

    5.5K
    Shares
    साथी भेट्न गएका विराटनगरका एक युवकको मृत्यु

    काठमाडौं । सुधार केन्द्रका सञ्चालकलाई भेट्न पुगेका एक जना युवाको विराटनगरमा मृत्यु भएको छ। विराटनगर महानगरपालिका–११ का अन्दाजी ३५ वर्षीय विकी भनिने अभिषेक थापाको मृत्यु भएको हो।

    उनी बिहीबार दिउँसो ३:३० बजेतिर विराटनगर–४ स्थित नवज्योति सुधार केन्द्रका सञ्चालक सुशील रिजाललाई भेट्न पुगेका थिए। थापा र रिजाल चिनजानका साथी रहेको प्रहरीले जनाएको छ।
    विराटनगरस्थित नवज्योति सुधार गृहका सञ्चाल रिजाललाई भेट्न पुगेका थापा बेहोस अवस्थामा भेटिएको र तत्कालै उपचारका लागि लाइफा गार्ड अस्पताल पु¥याइएको थियो । उनलाई उपचारका लागि अस्पताल पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । रिजाल र थापा चिनजानको साथी हुन् ।

    दिउँसो खाना खाएर आराम गरिरहेको अवस्थामा नै बेहोस भएको जानकारी दिँदै उनले बिहिबार अत्याधिक गर्मी भएकाले आराम गरिरहेको समयमा उठाउन जाँदा शरिर चिसो भएको र अस्पताल लग्दा लग्दै थापाको मृत्यु भएको जानकारी दिए ।

    यता, उनको मृत्युको कारण खुलि नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ। घटनास्थलमा प्रहरी निरिक्षको टोलीले अनुसन्धान गरिरहेको छ । भने, मृत्युको कारण खुलिसकेको छैन ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend