आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सत्ता नपाएर केही दलले आर्मीमाथि आक्रमण गरिरहेको साउदको आरोप

सत्ता नपाएर केही दलले आर्मीमाथि आक्रमण गरिरहेको साउदको आरोप

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले आर्मी माथि केही पार्टीले आक्रमण गरेको बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै साउदले सत्ता नपाएर उनीहरु तिल्मिलाएको बताए ।

विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएको उनले बताए । ‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्,’ साउदले भने ।

असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि प्रहार गर्ने काम भइराखेको साउदले बताए । सत्ता गठबन्धन र कांग्रेस सही ट्रयाकमा हिडिरहेको उनले दाबी गरे ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिइकन साउदले अदालतको विचाराधिन मुद्धामा बोल्नुपर्ने अवस्था नरहेको बताए । ‘अदालतको निर्णय पनि हामीले पर्खनुपर्दछ । पार्टीमा १, २, ३ जनाको कुरा मात्रै होइन । पत्रिकाले लेखेको कुराको आधारमा पार्टीलाई हित गर्दैन,’ साउदले भने ।

पार्टीमा २० प्रतिशत क्रियाशील सदस्य आफ्ना उम्मेदवारलाई भोट हाल्ने अवस्था नरहेको बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend