logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितानिवास र नक्कली भूटानी शरणार्थी प्रकरणमा काँगे्रसको मौनताले पार्टीमा ठूलै क्षति हुन्छः केसी

    ललितानिवास र नक्कली भूटानी शरणार्थी प्रकरणमा काँगे्रसको मौनताले पार्टीमा ठूलै क्षति हुन्छः केसी

    2.1K
    Shares
    ललितानिवास र नक्कली भूटानी शरणार्थी प्रकरणमा काँगे्रसको मौनताले पार्टीमा ठूलै क्षति हुन्छः केसी

    काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले ललितानिवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा लिएको मौनताले पार्टीले क्षति व्यहोर्नु पर्ने बताएका छन् ।

    केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता केसीले यी दुई विषयमा मौन रहेका कारण पार्टीमाथि भ्रष्टाचारको संरक्षक रहेको आरोप लाग्ने गरेको उनले सुनाए । ‘यसको बिरुद्ध आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ । ललितानिवास र नक्कली भुटानी शरणार्थी काण्डमा हाम्रो मौनताले पार्टी क्षतिग्रस्त हुन्छ भन्ने कुरा नभुलौं,’ केसीले भने ।

    त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनले कौतुहलमय सनसनी उब्जेको उनले पार्टी बैठकमा बताए । ‘भरियालाई मात्र पक्राउ गरेर यसको पछाडि रहेका शक्तिकेन्द्रलाई जोगाउने धृष्टता नहोस्,’ केसीले भने ।

    नेपाल तस्कर र भ्रष्टहरूको स्वर्ग हुन थालेको र गम्भीर संकटको चक्रब्युह वा संकटको पासोतिर उन्मुख रहेको केसीले बताए ।

    एक वर्षको अवधिमा मुलुकमा धेरैवटा गम्भीर घटना र परिस्थिति उत्पन्न भए पनि केन्द्रीय समितिको बैठक आह्वान नगरेकोप्रति केसीले असन्तुष्टि व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend