logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • सुदूरपश्चिममा गत आवमा दुई सय ४९ सवारी साधन दुर्घटना

    सुदूरपश्चिममा गत आवमा दुई सय ४९ सवारी साधन दुर्घटना

    1.9K
    Shares
    सुदूरपश्चिममा गत आवमा दुई सय ४९ सवारी साधन दुर्घटना

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९÷८० मा दुई सय ४९ सवारी साधन दुर्घटनामा परेका थिए । आव २०७८÷७९ भन्दा आव २०७९÷८० मा आधाभन्दा कम दुर्घटना भएको प्र्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

    आर्थिक वर्ष २०७८÷७९ मा यहाँ पाँच सय एक सवारी साधन दुर्घटनामा परेकामा गत आवमा घटेर दुई सय ४९ पुगेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा नायव प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । यस्तै आर्थिक वर्ष २०७७÷७८ मा पाँच सय ५८ सवारी साधन दुर्घटनामा परेका थिए ।
    सवारी दुर्घटना कमी भएसँगै अङ्गभङ्ग र मृत्यु हुनेको सङ्ख्या पनि घटेको छ । आव २०७९÷८० मा यहाँ दुईसय ४९ सवारी साधन दुर्घटनामा परेर एक सय ७७ जनाको मृत्यु भएको र चार सयजना ६३ घाइते भएका थिए ।
    आव २०७८÷७९ मा पाँच सय एक सवारी साधनको दुर्घटनामा एक सय ९६ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७७÷७८ मा पाँच सय ५८ सवारी साधनको दुर्घटनामा एकसय ८६ जनाको मृत्यु भएको र सयौंँ अङ्गभङ्ग भएका थिए । ट्राफिक प्रहरीको सक्रियताले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रहरी नायब उपरीक्षक गिरीको जिकिर थियो । उनले भने,“ट्राफिक प्रहरी सडकमा बढी खटिएकोले सवारी दुर्घटनामा कमी आएको हो । हामीले गरेको जनचेतनामूलक कार्यक्रम पनि फलदायी भएको छ । ”

    गत आवमा प्रदेशभरी चार हजार ६३ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका थिए । जुन अघिल्लो वर्षको तुलनामा तीन हजारले बढी रहेको छ । अघिल्लो आवमा एक हजार मात्रै जनचेतनामूलक कार्यक्रम गरिएको थियो । प्रहरी नायब उपरीक्षक गिरीले भने,“हामीले दुर्घटना न्यूनीकरणकै लागि भनेर एक वर्षमा चारहजार बढी जनचेतनामूलक कार्यक्रम सञ्चालन ग¥यौँ, त्यसले पनि दुर्घटना कम भएको हामीले महसुस गरेका छाँंै ।” सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम बस दुर्घटनामा परेका थिए ।

    सवारी साधनको दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के चेकजाँच, टाइम कार्डदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास गरिरहेको उहाँकोे भनाइ थियो । दुर्घटना न्यूनीकरणका लागि विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम र यातायात व्यवसायी र चालकलाई समेत बेलाबेलामा सचेत गराउने कार्य पनि प्रहरीले गरेको छ । प्रहरी नायब उपरीक्षक गिरीले भने,“नियमित जाँचसँगै जनचेतनामूलक सन्देश पनि दिँदै आएका छौँ, प्रदेशभरी विभिन्न सडकखण्डमा सचेतनामूलक होडिङ बोर्ड राखेका छौँं, चालकसँग एक मिनेट कार्यक्रम पनि सञ्चालनमा छ ।”

    सुदूरपश्चिम प्रदेशमा एक वर्षमा सवारी साधनका चालकलाई गरिएको कारबाहीबाट करिव साँढे छ करोड राजस्व सङ्कलन भएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख गिरीका अनुसार आर्थिक वर्ष २०७९÷८० मा सवारी साधनका चालकलाई गरिएको कारबाहीबाट छ करोड ४२ लाख १२ हजार राजस्व सङ्कलन भएको हो ।

    सो रकम आर्थिक वर्ष २०७८÷७९ भन्दा एक करोडले बढी हो । उक्त आर्थिक वर्ष रु पाँच करोड ४१ लाख ९४ हजार राजस्व सङ्कलन भएको थियो ।

    प्रदेशमा गत आवमा १५ हजार नौ सय ६० नयाँ सवारीसाधन दर्ता समेत भएका थिए । सवारीसाधन थपिँदै गए पनि ट्राफिक प्रहरीको उपस्थिति बढी हुनाले राजस्व सङ्कलन बढेको जनाइएको छ ।
    सुदूरपश्चिममा एकसय ८८ जनाको दरबन्दी रहेकामा हाल दुई सय ६३ ट्राफिक प्रहरी कार्यरत छन् । प्रदेशभरिका नौ जिल्लामा गरेर ५५ वटा ट्राफिक इकाई छन् ।

    यस प्रदेशको कैलाली, कञ्चनपुर र डोटीमा चालु आर्थिक वर्षदेखि ट्राफिक भोइलेन्स रेकर्ड सिस्टम टिभीआरएस प्रणाली लागू गरिएको छ । सवारी नियम उल्लङ्घनका कसुरको जरिवानाबापत रकम बैंकिङ प्रणालीबाट भुक्तानी गर्न यो प्रणाली लागू गरिएको प्रमुख गिरीको भनाइ थियो । उक्त प्रणालीका आधारमा कारबाही कारबाही हुनाका साथै सवारी नियम उल्लङ्घनको विवरण, सवारी चालक अनुमतिपत्र नवीकरणको विवरण, कारबाहीमा परेको विवरण देशभरबाटै हेर्न सकिने जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend