logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्कुलको जिमखानाको छत खस्दा चीनमा ११ को मृत्यु

    स्कुलको जिमखानाको छत खस्दा चीनमा ११ को मृत्यु

    1.7K
    Shares
    स्कुलको जिमखानाको छत खस्दा चीनमा ११ को मृत्यु

    एजेन्सी । चीनमा एक स्कुलको जिमखानाको छत खस्दा ११ जनाको ज्यान गएको छ । चीनको सरकारी मिडियाले यसबारे जानकारी दिएको हो ।

    घटना चीनको उत्तरी–पूर्वी इलाकामा वर्षाका कारण भएको बताइएको छ । अधिकारीहरुका अनुसार दुर्घटनाका बेला १९ जना भित्र थिए ।

    प्रत्यक्षदर्शीका अनुसार ज्यान गुमाउनेमा बालबालिका पनि समावेश छन् । यद्यपि, यसबारे औपचारिक रूपमा केही जानकारी प्राप्त भइसकेको छैन् ।

    प्रहरीले उक्त भवनका इन्चार्जलाई नियन्त्रणमा लिएको छ। दुर्घटना हुँदा चार जना भने घटनास्थलबाट बाहिर निस्कन सफल भएको अधिकारीहरुले बताएका छन् ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend