logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • गृहमन्त्रीको गैरजिम्मेवारीले हद नाघ्यो, सुन तस्करको पूरा अनुसन्धान नभएसम्म छोड्दैनौँः ओली

    गृहमन्त्रीको गैरजिम्मेवारीले हद नाघ्यो, सुन तस्करको पूरा अनुसन्धान नभएसम्म छोड्दैनौँः ओली

    1.4K
    Shares
    गृहमन्त्रीको गैरजिम्मेवारीले हद नाघ्यो, सुन तस्करको पूरा अनुसन्धान नभएसम्म छोड्दैनौँः ओली

    काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

    सोमवार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्रीले गैरजिम्मेवार र बत्तमिजी भएको उल्लेख गरेका हुन् । उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने बताए ।

    उनले विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ की छैन भन्दै प्रश्न गरे । उनले गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न चेतावनी दिए । उनले कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भनेर गृहमन्त्रायल मुद्दा हाल्न जानु कति न्यायसंगत हुन्छ भन्दै प्रश्न गरे । उनले एक सञ्चारमाध्यमले उक्त सुन तस्करी प्रकरणको समाचारमा आफ्नो फोटो राखेकोप्रति आपत्ति जनाए ।

    उनले नेपाल च्याम्बर अफ कमर्सको अधिवेशनमा खिचिएको फोटो जोडेर आफ्नो भ्रामक प्रचार गरिएकोप्रति आपत्ति जनाए । सुन तस्करीको विषयलाई छोप्न गृहमन्त्रीले कुराहरु मोड्ने काम गरिरहेको बताए । उनले अनियमितता गर्नेहरुलाई अब छुट नहुने बताए ।

    अध्यक्ष ओलीले सुन काण्डको सिलसिलाको कारबाही अन्तिमसम्म नपु¥याइकन एमालेले नछोड्ने बताए । उनले सुन बोक्ने भन्दापनि बोक्न लगाउनेहरुलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने चेतावनी दिए ।

    उनले भने, ‘एउटा नयाँ पत्रिका भन्ने छ के हो नेपालमा । त्यो पत्रिकाले मेरो फोटो छापेर, सोझै मेरो फोटो छापेर मेरो फोटो किन छाप्या । म न सरकारमा छु, न मैले पुलिस चलाउने ? न म इमिग्रेशन चलाउने ? मेरो फोटो किन छापेको ? अनि यो कुन पार्टीको भने गृहमन्त्रीको पार्टीको पत्रिकाले छाप्छ, तपाईहरुमध्ये कोही हुन सक्नुहुन्छ होला नयाँ पत्रिकाको । तर प्रधानमन्त्री, गृहमन्त्रीको पार्टीद्वारा सञ्चालित पत्रिका, सबैलाई थाहा छ त त्यो माओवादी पत्रिका हो भनेर । न्युनतम धर्म त राख्नुपर्छ नि । न्युनतम मर्यादा त राख्नुपर्छ नि । यो पित पत्रकारिता भन्दा पनि कालो पत्रकारिता हो । यस्तो पनि हुन्छ । नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ हाम्रो । उहाँले यहाँ सेक्युरिटीको बन्दोबस्त गरेको छ की छैन । एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन ? यहाँको आउने जाने चिजको निरीक्षण गर्ने काम उहाँको हो की होइन । क्वीन्टलका क्वीन्टल सुन बाहिर जान्छ, गृहमन्त्री टारको गालामा गएर काँक्रोको बियाँ अर्काको गालामा टाँस्नुहुन्छ । यो अनैतिक क्रियाकलाप हो । गृहमन्त्रीको क्रियाकलाप गैर जिम्मेवार, आफू गृहमन्त्री भएर यसको भएपनि उसको भएपनि यस्ता खालका गैर जिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ? गृहमन्त्रीले बताउनुपर्छ, उहाँको संलग्नता छ की छैन ? सानो तिनो संलग्नताबाट त यो काम भएको छैन होला, उहाँको चाहीँ संलग्नता भएको छ की छैन ? छैन भने कसको संलग्नता छ, को छ यसमा ? यत्तिकै कोटका गालामा काँक्राको बियाँ टास्ने होइन । म उहाँलाई सचेत गराउन चाहन्छु, गृहमन्त्रीको हैसियतले उहाँले बोल्दा तरिका पु¥याएर बोल्नुपर्छ । बत्तमिज हुनु एउटा कुरा हो, तर यो त बत्तमिजीको कुरा मात्रै होइन, गैर जिम्मेवार हद भयो यो । जथाभावी बोल्ने गृहमन्त्री भएर ? जथाभावी बोल्न गृहमन्त्रीलाई छुट छ ? अनि अर्को कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भने मुद्दा हाल्न जाने ? अरुलाई । गृहमन्त्री माथि मुद्दा हाल्ने की नहाल्ने ? गृहमन्त्रीले कोर्ट र टारका सम्बन्धमा चर्चा गरेको अर्थ के हो ? तसर्थ यहाँनेर उहाँको पत्रिका नयाँ पत्रिकाले शुरुमै बोल्नु च्याम्बरको अधिवेशनमा खिचिएको फोटो, च्याम्बरको अधिवेशनमा व्यापारी नभएर को हुन्छ ? किसान हुन्छ, व्यापारी त हुन्छ । त्यो फोटो छाप्छन् । यस्ता गम्भीर विषयलाई डाइभर्ट गर्न खोज्ने, ध्यान कता मोड्न खाजेको ?के छोप्न खोजेको ? आकाशतिर चिल देखाएर यता के लुकाउन खोजिँदै छ । म नयाँ पत्रिका गृहमन्त्री जस्ताहरुलाई सोध्न चाहन्छु । के छोप्न खोजिँदै छ ? अबको समयमा कसैले पनि यस्ता काम गरेको छ भने अब छोडिनेवाला छैन । यो सुन काण्डको सिलसिला अन्तिमसम्म नपु¥याइकन हामी पनि छोड्दैनौँ । गृहमन्त्रीलाई थाहा होस्, यो गृहमन्त्रीसम्म पुगोस् । कहीँ भएपनि पहिला पनि सुन काण्ड तस्करी हुने गरेको थियो, खनेर निकालेको हो हामीले, फेरि पनि यस्ता कुरालाई हामी खनेर ननिककालेसम्म छोड्दैनौँ । यसमा कारबाही के हुन्छ, कसमाथि कारबाही हुन्छ, हेरिरहेका छौँ । बोक्न त प्लेन, गाडी भरियाले बोक्यो होला तर बोकाउने को ? कसले बोकायो ? त्यसकारण यो ढाकछोप हुन सक्दैन ।’

    गृहमन्त्री श्रेष्ठले सुन समातिएपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि टार, कोट र पार्टीले छानबिन रोक्न नसक्ने अभिव्यक्ति दिएका थिए ।

    सोही अभिव्यक्तिलाई लिएर अध्यक्ष ओलीले गृहमन्त्रीलाई अनुसन्धान गर्न पूर्ण अधिकार रहेको तर प्रमाण बिना गैरजिम्मेवारी अभिव्यक्ति दिँदै हिँड्न नहुने बताए ।

    अध्यक्ष ओलीले क्वीन्टल सुन विमानस्थलबाट बाहिरिँदा त्यहाँको सुरक्षा व्यवस्था के भएको थियो भन्दै गृहमन्त्रीको भुमिकामाथि नै आशंका व्यक्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend