logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता

    ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता

    1.5K
    Shares
    ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता

    काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन च्याचिनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

    चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटव्युरो सदस्य युआनले आज बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ओलीलाई भेटेका हुन् ।

    भेटका क्रममा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको स्रोतले जानकारी दियो ।

    चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन साउन ७ गते काठमाडौं आइपुगेका थिए। उनले इटलीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल वार्ता समेत गरेका थिए ।

    तीन दिने भ्रमणकै क्रममा युआनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कालगायतसँग भेटवार्ता गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend