logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • गृहमन्त्री श्रेष्ठ भन्छन्– राजीनामा माग्नुलाई अस्वाभाविक मानेको छैन

    गृहमन्त्री श्रेष्ठ भन्छन्– राजीनामा माग्नुलाई अस्वाभाविक मानेको छैन

    1.6K
    Shares
    गृहमन्त्री श्रेष्ठ भन्छन्– राजीनामा माग्नुलाई अस्वाभाविक मानेको छैन

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास सफल हुन नदिने बताएका छन् ।

    भ्रष्टाचारी आफ्नै पार्टीभित्र र वर्तमान सत्ता गठबन्धनभित्र पनि हुन सक्ने भएकाले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक रहेको उनले बताए ।

    गोरखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयास असफल बनाउने र समृद्धिको लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले गृहमन्त्रीको राजीनामा मागेकोबारे सञ्चारकर्मीले गरेको जिज्ञासामा गृहमन्त्री श्रेष्ठले आफूले त्यसलाई अस्वाभाविक रुपमा नलिएको बताए ।

    ‘यो समाजमा त्यत्रो ठूलो समस्या छ र त हामी चाहिँ जबरजस्त भ्रष्टाचार विरोधी अनियमितता विरोधी अभियान चलाइराख्या छौं । विभिन्न ढंगबाट यो भ्रष्टाचार विरोधी अभियान रोक्न प्रयास हुनु स्वाभाविक छ, तर त्यो प्रयत्नलाई हामी असफल पार्छौं, समृद्धिको लक्ष्य हासिल गर्न यो सरकार प्रतिबद्ध छ ।’ उनले भने ।

    उनले हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको सुन प्रकरण सम्बन्धी अनुसन्धान नरोकिएको स्पष्ट पारे ।

    अनुसन्धानको क्रममा तथ्य प्रमाणको आधारमा जो संलग्न देखिए पनि कारबाहीको दायरामा ल्याउने उनको भनाई छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिएको करिब एक क्विन्टल सुन गत बुधबार राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

    उक्त घटनालाई सरकारले गम्भीर र संवेदनशील रुपमा लिएको मन्त्री श्रेष्ठले बताए । त्यसकारण सबै विमानस्थलको व्यवस्थापन नयाँ ढंगले गर्न लागिएको जानकारी उनले दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend