एजेन्सी । चीनले विदेशमन्त्री किन गांगलाई पदबाट हटाएको छ । गएको जुन महिनादेखि सार्वजनिक रूपमा नदेखिएका गांगलाई पदबाट हटाइएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ ।
उनी सात महिनाअघि मात्रै विदेशमन्त्रीमा नियुक्त भएका थिए । गांगलाई विदेशमन्त्रीबाट हटाएपछि पूर्व विदेशमन्त्री वाङ यीले नै जिम्मेवारी सम्हालेको समाचारमा उल्लेख छ।
वाङ यी सफल विदेशमन्त्री र राष्ट्रपति सी जिनपिङको भरपर्दो विश्वासपात्र मानिन्छन् । चिनियाँ जनकंग्रेसको स्थायी कमिटीको स्थायी बैठकले किन गांगलाई हटाउने निर्णय लिएको हो ।