logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • महाकाली नदीकाे किनारमा बालिकाको बेवारीसे शव फेला

    महाकाली नदीकाे किनारमा बालिकाको बेवारीसे शव फेला

    5.1K
    Shares
    महाकाली नदीकाे किनारमा बालिकाको बेवारीसे शव फेला

    दार्चुला । ब्यास गाउँपालिका–४ डोकटस्थित महाकाली किनारमा बेवारिसे अवस्थामा शव भेटिएको छ । प्रहरीले मंगलबार बिहान नेपाल–भारत सीमा नदी किनारमा अन्दाजी १५ वर्षकी बालिकाको शव फेला परेको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार नदी किनारमा बालिकाको शव सढेको अवस्थामा भेटिएको छ । जिप्रका दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले शव भारतीय नागरिकले देखेपछि नेपाल प्रहरीलाई सूचना दिएको बताए ।

    उनले घटनाबारे थप अनुसन्धान गर्न सुन्सेरा प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्रसिंह कार्कीको टोली घटनास्थलमा पुगेको जानकारी दिए। शव कुहिएकोले पहिचानमा समस्या भएको प्रहरीले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend