logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रहरी निरिक्षक दीपक कार्कीको एक्सन: फरार अभियुक्तलाई छोप्दै,जेल कोच्दै

    प्रहरी निरिक्षक दीपक कार्कीको एक्सन: फरार अभियुक्तलाई छोप्दै,जेल कोच्दै

    7.2K
    Shares
    प्रहरी निरिक्षक दीपक कार्कीको एक्सन: फरार अभियुक्तलाई छोप्दै,जेल कोच्दै

    धनुषा : प्रहरी निरिक्षक दीपक कार्कीले २१ बर्षपछि फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएका छन् ।

    कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २१ बर्ष पछि धनुषाको साबिक सखुवा महेन्द्रनगर गाविस वडा नम्बर ६का हाल क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष ५१ को बिष्णुदेव भन्ने बिसुनदेव मुसहरलाई प्रहरी पक्राउ गरेको हो ।
    कर्तव्य ज्यान मुद्धाको अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय धनुषाको आव ०५९ ÷०६० सालको मुद्धा नम्बर २ मा दर्ता भई फरार रहेकोमा यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरिक्षक दीपक कार्कीको कमाण्डमा खटिएको बिशेष प्रहरी टोलीले नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    प्रहरी निरिक्षक कार्की इलाका प्रहरी कार्यालय महेन्द्र नगरको कमाण्ड सम्हाल्न पुगेपछि फरार अभियुक्त धमाधम पक्राउ परेका छन् । राजनितिक आडामा खुलेआम हिडीरहेकाहरुलाई समेत कारागारमा पठाउन सफल भएका छन् ।
    ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गत माघमा फरार भएका ६ जना थुनुवालाई पक्राउ गरि पुन ः कारागारमा हाल्नेदेखी लिएर राजदेवी मन्दिरको मूर्ति चोरी गरी फरार रहेकाहरुलाई पक्राउ गरि जेल पठाउन सफल भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend