logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ललिता निवास जग्गा हिनामिना प्रकारण: पक्राउ परेका सबैको बयान सकियो

    ललिता निवास जग्गा हिनामिना प्रकारण: पक्राउ परेका सबैको बयान सकियो

    2.5K
    Shares
    ललिता निवास जग्गा हिनामिना प्रकारण: पक्राउ परेका सबैको बयान सकियो

    काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हडपेको प्रकरणमा असार १२ मा केन्द्रीय अनुसन्धान ब्युरोले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित चार जनालाई समातेको थियो ।

    त्यसपछि हालसम्म उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ । तीमध्ये सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत असार ५ मा सर्वोच्च अदालतको आदेशपछि शसर्त छुटेका थिए ।

    पक्राउ गरिएका प्रायजसो सबैसँग ब्युरोका अनुसन्धान अधिकृतहरुले बयान लिइसकेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले हिरासतमा रहेका अधिकांशको बयान सकिएको जानकारी दिए । ‘सबैभन्दा पछि पक्राउ गरिएका दुईजना बाहेक अरुको बयान सकिएको छ ।’ उनले भने ।

    पछिल्लो पटक साउन ८ मा नक्कली मोही सञ्जय महर्जन र सकुलानन्द महर्जन कुपण्डोलबाट ब्युरोको टोलीले नियन्त्रणमा लिएको थियो। जग्गा अनियमिततामा संलग्न ४०६ जनाविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गर्न अनुमति लिएको छ ।

    भू–माफियासँगको साँटगाँठमा झुटा मोही खडा गरेर सरकारले पहिले नै अधिग्रहण लिइसकेको १४७ रोपनी जग्गा हिनामिना गरेको सिआईबी अनुसन्धानको निष्कर्ष रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend