logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमालेको निर्णय: गृहमन्त्री श्रेष्ठले राजीनामा नदिएसम्म संसद् चल्न नदिने

    एमालेको निर्णय: गृहमन्त्री श्रेष्ठले राजीनामा नदिएसम्म संसद् चल्न नदिने

    3.4K
    Shares
    एमालेको निर्णय: गृहमन्त्री श्रेष्ठले राजीनामा नदिएसम्म संसद् चल्न नदिने

    काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद बैठक अवरुद्ध गर्ने बताएको छ ।

    बुधबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् सुचारु हुन नदिने निर्णय गरेको हो ।

    संघीय दलको निर्णय सुनाउँदै प्रमुख सचेतक पदम गिरीले भने– ‘गृहमन्त्री संलग्नताबिना त्यत्रो तस्करी हुन सम्भव छैन। यसमा छानबिन हुनुपर्छ। गृहमन्त्री पदमा बस्न योग्य हुनुहुन्न। त्यो नहुँदासम्म संसद सुचारू हुन सक्दैन ।,’ उनले भने ।

    सोमबार राति कम्बोडियाबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री श्रेष्ठको कडा आलोचना गरेका थिए।

    सय किलो सुन प्रकरणमा गृहमन्त्रीले आफ्नो संलग्नता रहे, नरहेको प्रष्ट पार्नुपर्ने बताउँदै एमालेले त्यत्तिकै नछाड्ने बताएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend