मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

राप्ती नदीको भंगालोमा फसेका २६ जनाको सकुशल उद्वार

राप्ती नदीको भंगालोमा फसेका २६ जनाको सकुशल उद्वार

बाँके । जिल्लाको नरैनापुर गाउँपालिका– ५ भगवानपुरघाट स्थित राप्ती नदीको भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीले मंगलबार बेलुका सकुशल उद्वार गरेको छ ।

नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय वासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदिको वहाव बढेपछि भंगालोमा फसेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके र बिओपी गंगापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्वार सामाग्री सहित तत्कालै उक्त स्थानमा खटिई उनीहरुको सकुशल उद्वार गरेको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend