logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • रूसी रक्षामन्त्रीको टोलीलाई प्योङयाङमा भव्य स्वागत

    रूसी रक्षामन्त्रीको टोलीलाई प्योङयाङमा भव्य स्वागत

    1.1K
    Shares
    रूसी रक्षामन्त्रीको टोलीलाई प्योङयाङमा भव्य स्वागत

    एजेन्सी । रूसका रक्षामन्त्री सर्गेई शोइगु नेतृत्वको प्रतिनिधिमण्डलाई प्योङयाङमा भव्य स्वागत गरिएको छ । कोरियाली युद्धविरामको वार्षिकोत्सव मनाउने सिलसिलामा रूसी टोली उत्तर कोरियाको भ्रमणमा गएको हो ।

    रुसी प्रतिनिधिमण्डल प्योङयाङ विमानस्थलमा अवतरण गर्दा रुसी राष्ट्रिय गीत बारम्बार बजाएर स्वागत गरिएको थियो भने विमास्थल वरपरका सडकमा रुसी झण्डा फहराइएका थिए ।

    रक्षामन्त्री काङ सुन नामले आफ्ना रूसी समकक्षी शोइगुलाई विमानस्थलमा स्वागत गरेका थिए । उत्तर कोरियाली झण्डा र रुसी झण्डा सडकका दुवै किनारमा राखिएका उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

    युद्धविरामको वार्षिकोत्सवका अवसरमा बिहीबार प्योङयाङमा विशाल सैन्य परेड हुँदैछ । चिनियाँ कूटनीतिज्ञ एवम् सैनिकको टोली पनि रुसी अधिकारीहरूका साथ परेडमा उपस्थित हुने उत्तर कोरियाली समाचार समितिले जनाएको छ ।

    प्योङयाङले युद्धविराममा हस्ताक्षर गरेको ७० वर्ष पूरा भएको अवसरलाई विजय दिवसका रुपमा मनाउन सैन्य परेडलगायत कार्यक्रम आयोजना गर्न लागेको हो ।

    कोरोना महामारीलगायत कारणबाट लामो समयसम्म हुननसकेका उच्चस्तरीय भ्रमण एवम् आदानप्रदान अब शुरु भएका छन् । विश्वबाट एक्लिएको उत्तरका सिमाना सन् २०२० मा कोभिड महामारीका कारण बन्द भएको थियो ।
    –रासस

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend