काठमाडौं । कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन्।
मंगलवार साँझ कैलालीको मोहन्याल गाउँपालिका–७ बडिगाउँ स्थित कर्णाली नदीमा डुबेर सोही गाउँपालिका–७ का ४५ वर्षीय कृष्णप्रसाद खनाल बेपत्ता भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बेपत्ता खनालको खोजी कार्य जारी रहेको जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ ।