logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • ठमेलको क्लब ओम्निया कुटपिट घटनाका आरोपी ८ हजार धरौटी तिरेर छुटे

    ठमेलको क्लब ओम्निया कुटपिट घटनाका आरोपी ८ हजार धरौटी तिरेर छुटे

    7K
    Shares
    ठमेलको क्लब ओम्निया कुटपिट घटनाका आरोपी ८ हजार धरौटी तिरेर छुटे

    काठमाडौं । काठमाडौंको ठमेलस्थित क्लब ओम्नियामा सञ्चालक राजेन्द्र गुरुङसहित अन्य कर्मचारीहरुलाई कुटपिट गरेको अभियोगमा समातिएका ७ जनामध्ये ६ जना छुटेका छन् ।

    जिल्ला प्रशासन कार्यालय, काठमाडौंले रघु तामाङ, विनोद तामाङ, कमल तामाङ, निरु भनिने निरज गुरुङ, विश्व तामाङ र बिक्रम अधिकारीलाई ८ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

    प्रशासनको आदेश दिएपछि उनीहरुलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डीएसपी अनिल अधिकारीले जानकारी दिए ।

    घटनामा पक्राउ परेकामध्ये सानुभाइ भनिने युवराज गुरुङ चाहिँ अभद्र व्यवहारमा पटकपटक पक्राउ परिसकेको व्यक्ति भएकाले उनको मुद्दा भने जिल्ला अदालतमा नै पेश हुने उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend