logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रमुख प्रतिपक्षी एमालेको प्रश्न: कृष्णबहादुर महरा र उहाँका छोरामाथि किन अनुसन्धान भएन ?

    प्रमुख प्रतिपक्षी एमालेको प्रश्न: कृष्णबहादुर महरा र उहाँका छोरामाथि किन अनुसन्धान भएन ?

    1.5K
    Shares
    प्रमुख प्रतिपक्षी एमालेको प्रश्न: कृष्णबहादुर महरा र उहाँका छोरामाथि किन अनुसन्धान भएन ?

    काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका बाबुछोरामाथि किन अनुसन्धान भएन भनेर प्रश्न गरेको छ ।

    आज बुधवारको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले गएको पुसमा इलेक्ट्रिक सिगरेटभित्र आएको नौ किलो सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा र उनका छोराको नाम विभिन्न सञ्चारमाध्यममा आएको तर उनीहरूमाथि छानबिन नभएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।

    उनले सरकारकै संरक्षणमा क्विन्टलका क्विन्टल सुन तस्करी भएको पनि आरोप लगाए ।

    गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि माग गरेका छन् । गृहमन्त्रीले भाषण एउटा गर्ने तर तस्करको संरक्षण गर्ने गरेर दोहोरो भूमिका खेलेको भन्दै उनले राजीनामा माग गरे ।

    एमालेले सुन तस्करीको विषयमा छानबिन गर्न समिति बनाउन सरकारसँग माग गरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेमात्रै सुरु भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend