logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राजेन्द्र लिङ्देनको आरोप: भरिया समातेर सुन तस्करीको नाइके उम्काउन खोजियो

    राजेन्द्र लिङ्देनको आरोप: भरिया समातेर सुन तस्करीको नाइके उम्काउन खोजियो

    1.5K
    Shares
    राजेन्द्र लिङ्देनको आरोप: भरिया समातेर सुन तस्करीको नाइके उम्काउन खोजियो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरी सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजिएको आशंका व्यक्त गरेका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सुन तस्करीबारेमा अहिले भइरहेको अनुसन्धान झारा टार्ने किसिमको मात्र भएको बताए ।

    उनले भने,‘भरिया पक्रेर सुन तस्करीका नाइके संरक्षण गर्ने, हामीले यति काम त गर्‍यौं नि भन्ने काम नहोस् । अहिले जुन ढंगले अनुसन्धान प्रक्रियाका नाममा झारा टार्ने काम भएको छ, यसरी हुँदैन, विशेष आयोग, छानबिन आयोग बनाएर अनुसन्धान अघि बढाइयोस् भन्न चाहन्छु ।’ उनले भने ।

    नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको उल्लेख गर्दै उनले अहिले पनि सरकारले थाहा पाएर सुन तस्करीमा संलग्नहरु पक्राउ नपरेको लिङ्देनले बताए ।

    विमानस्थल भन्सारबाट १०० किलो सुन भित्र्याइनु सामान्य विषय नभएको बताउँदै लिङ्देनले समाजलाई ठीक दिशामा ल्याउन यो घटनाको अनुसन्धान जरासम्म हुनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend