काठमाडौं । नेपाली कांग्रेसले सुन तस्करी प्रकरणमा संलग्नहरुलाई अविलम्ब कारबाही गर्न माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकको अन्तिम दिन बुधबार पारित प्रस्तावमा सुन तस्करीमा संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न माग गरिएको हो ।
सुन तस्करीको विषयमा बृहत् छानबिनको सुनिश्चितताका लागि उच्चस्तरीय छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ ।
कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयमा १५ बुँदे प्रस्ताव पारित गरेको छ । साउन २ गतेबाट सुरु भएको समितिको बैठक बुधबार सभापति शेरबहादुर देउवाले प्रश्नको जवाफ दिएपछि सकिनेछ । यो समाचार तयार पार्दासम्म बैठक जारी छ ।