logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एनएमबी बैंक लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

    एनएमबी बैंक लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

    9.5K
    Shares
    एनएमबी बैंक लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

    जनकपुरधाम । महोत्तरीमा एनएमबी बैंक लुट्ने हतियारधारी समूहका एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्ने व्यक्ति भारत विहार राज्यका मधुवनी जिल्लामा पर्ने फूलहरका २० वर्षीय अजय कुमार हुन् ।

    उनलाई बुधवार मटिहानी नगरपालिका ८ बाट पक्राउ गरिएको महोत्तरीका प्रहरीले जनाएकाे छ ।

    ०८० जेठ १६ मा हतियारधारी एक समूहले बैंकबाट १५ लाख १ हजार ४९३ रुपैयाँ लुटेर फरार भएको थियो । ती समूहमा पक्राउ परेका अजय पनि संलग्न रहेको प्रहरीको दाबी छ ‌।

    महोत्तरी प्रहरीले पक्राउ परेका अजयमाथि हातहतियार र चोरी डाका मुद्दा दर्ता गरेको छ । जिल्ला अदालत महोत्तरीले उनलाई सात दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न भनेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend