logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • भारतको सिक्किममा १२ महिनाको सुत्केरी बिदा दिइने

    भारतको सिक्किममा १२ महिनाको सुत्केरी बिदा दिइने

    1.3K
    Shares
    भारतको सिक्किममा १२ महिनाको सुत्केरी बिदा दिइने

    एजेन्सी । सिक्किममा १२ महिनाको सुत्केरी बिदा दिइने भएको छ ।

    सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले बुधबार आफ्नो सरकारले आफ्ना कर्मचारीहरूलाई १२ महिनाको सुत्केरी बिदा दिने घोषणा गरेका छन् । यससँगै पितृत्व बिदा पनि एक महिना पुर्‍याइएको छ ।

    मुख्यमन्त्री तामाङले सिक्किम स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएसन –एसएससीएसओए को वार्षिक बैठकलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

    समाचार एजेन्सी पीटीआईले जनाएअनुसार मुख्यमन्त्रीले कर्मचारीहरूलाई यो सुविधा विस्तार गर्न सेवा नियममा परिवर्तन गरिने भनेका छन् ।

    उनले भने, ‘यस परिवर्तनले सरकारी कर्मचारीहरूलाई आफ्ना छोराछोरी र परिवारको राम्रो हेरचाह गर्न मद्दत गर्नेछ । बाँकी जानकारी छिट्टै सूचित गरिनेछ ।’

    मातृत्व लाभ ऐन, १९६१ बमोजिम महिलालाई ६ महिना तलबसहित बिदा दिने व्यवस्था रहेको छ ।

    सिक्किममा भारतको सबैभन्दा कम जनसंख्या ६.३२ लाख रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend